२०८१ साल कात्तिक २३ गते शुक्रबारको राशिफल :
मेष- सानातिना काममा महत्त्वपूर्ण समय बित्नेछ। सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने समय छ। गरेका कामबाट ठूलो उपलब्धी लिन सकिने छैन। समयको व्यर्थ नाश होला। व्यर्थ खर्च होला।
वृष- आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुनेछ। स्वास्थ्य कमजोर रहने छ। सोचेकोे काम समयमै सम्पन्न नहोला। अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला। अनावश्यक यात्राको योग छ। तथापि, सुखको अनुभव हुनेछ।
मिथुन- पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढ्नेछ। माता पितासँगको भेटघाटले मनमा हर्षोल्लास छाउनेछ। श्रद्धा र परोपकारमा मन जानेछ। स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। खर्चभन्दा कमाइ नै बढी हुनेछ। शिक्षामा पनि राम्रो प्रगति हुनेछ।
कर्कट- पैसो कमाउने योग छ। पारिवारिक सुख मिल्ने दिन छ भने व्यापारमा पनि फाइदाकै योगछ। दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। विपरीत लिंगीको हौसलाले मन रमाउनेछ।
सिंह- मनमा उदासिनता बढ्ने र काममा अवरोध सिर्जना गर्नेहरू सक्रिय हुनेछन्। विश्वास गरेकाले धोका दिनेछन्। बिहान काम बन्नेछ, बेलुका सामान्य तनाव होला। इष्टमित्रहरूसँग असमझदारी बढ्न सक्छ। मुद्दा मामिलामा पर्न सकिएला। दिन प्रतिकूल भएकाले काममा बाधा पनि सामना गर्नु पर्ला।
कन्या- स्वास्थ्यका दृष्टिकोणले यो राम्रो समय छ। आर्थिक लाभ हुनेछ। मान सम्मान पनि पाउन सकिन्छ। पेशागत समस्या देखिन सक्छ। केही सुख केही दुःख हुनेछ। नोकरीमा झमेला बेहोर्नुपर्ला।
तुला- काम बन्नाले मन रमाउने छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। धन कमाउने योग छ। फलिफाप हुने दिन छ। पशुधनबाट प्रशस्त फाइदा हुने देखिन्छ। सुखको अनुभूति हुनेछ।
वृश्चिक- व्यापारबाट राम्रै आम्दानी हुनसक्छ। नसोचेको काम बन्ने छ। प्रिय साथीसँग पनि भेटघाट होला। नोकरीमा दिन सामान्य रहला। अनेक किसिमका फाइदा हुनेछन्।
धनु- खानामा सचेत रहनुपर्ने दिन छ। अनावश्यक झमेलामा परिएला। यात्राको क्रममा सावधान रहनु होला।
मकर- काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन्। अन्नलाभ होला। अनौठो खबर सुन्न पाइएला। तपाईंको विचारले धेरैलाई आकर्षण गर्नेछ। धन कमाउने योग छ। परोपकारका काममा पनि मन जानेछ।
कुम्भ- आयआर्जन हुने दिन छ। यात्राको सम्भावना छ। नउठ्ने पैसा उठेर मनमा कता कता हर्ष छाउनेछ। मन खुशी बन्ला। टाढाको यात्राको पनि योग छ। फलिफाप हुने दिन छ।
मीन- घरमा पाहुना आगमनको दिन छ। धन लाभ होला । रमाइलो यात्राको पनि योग छ। टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि स्थगित गर्नु वेश हुनेछ। केही सुख केही दुःख हुनेछ।