ईशनाथ नगरपालिका-१ का वडाध्यक्षको निधन

रौतहट : रौतहटको ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष बिगु शाहको उपचारका क्रममा निधन भएको छ।

वडाध्यक्ष शाह २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट र २०७९ को निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित भएका थिए।

शाह मिर्गौला सम्बन्धी रोगबाट पीडित थिए।

सम्बन्धित समाचार

सबै