गोडैता : नेपाल आयल निगमले डिजल र मट्टितेलको मूल्य बढाएको छ।
पेट्रोलको मूल्य केही पैसा बढेर आए पनि हाललाई यथावत राखिएको निगमले जानकारी दिएको छ। बढेर आएको मूल्य आज राति १२ बजेपछि लागू हुने जनाइएको छ।
निगमले सार्वजनिक गरेको सूचना अनुसार डिजेल र मट्टितेलमा ३ रुपैयाँ मूल्य बढाइएको छ।
ग्यास र हवाई इन्धनको मूल्य भने घटबढ भएको छैन।
