२०८१ साल कात्तिक ०४ गते मंगलबारको राशिफल :
मेष- व्यापार-व्यवसायमा लाभ हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ। मान र विद्या प्राप्त हुने समय छ। विशेष उपहार प्राप्त हुनुका साथै प्रशस्त धनलाभ हुनेछ। आर्जित धन तत्काल खर्च गर्नुपर्ला। पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ। जमिनबाट भने मनग्य लाभ मिल्नेछ।
वृष- न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनेछ। नचिताएको ठाउँमा धननाश हुने दिन छ। उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ।
मिथुन- काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ। शत्रुहरूको चलखेल बढ्नाले चुनौती सामना गर्नुपर्ला। नयाँ काममा हात हाल्ने समय आएको छ। विशेष उपहारका साथ प्रेम प्रस्ताव प्राप्त हुन सक्छ। अल्छी गर्ने बानीले समस्या निम्त्याए पनि मिहिनेततीहरूका लागि समय उत्साहजनक रहनेछ।
कर्कट- लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। चिताएका काम विस्तारै भए पनि सम्पादन हुनेछन्। मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। अवसरलाई पछ्याउन नसक्दा हातमा आएको मौका गुम्न सक्छ।
सिंह- पढाइलेखाइमा सामान्य प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ। व्यापारमा नसोचेको फाइदा हुने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन समस्या पर्ला।
कन्या- भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। व्यवसायमा आम्दानी बढ्ने देखिन्छ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ। ईर्ष्या गर्नेहरूले भने दुःख दिन सक्छन्। टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ। शुभचिन्तकहरूको सुझावले फाइदा दिलाउनेछ।
तुला- भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम शुरु गर्न सकिनेछ। आयआर्जन राम्रै हुनेछ। विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ। सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ। स्वस्थताले काममा ढिलासुस्ती हुनेछ भने अप्रिय समाचारले निराश तुल्याउन सक्छ।
वृश्चिक- आफ्नो प्रतिभाको कदर हुनेछ। बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ। दिगो आम्दानी हुने काम शुरु गर्ने मौका छ। प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिनेछ। धेरैलाई लाभ हुने कार्य गर्ने मौका छ। भूमि तथा कृषिबाट पनि फाइदा हुनेछ। सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ।
धनु- अरूको भर पर्दा धोका हुन सक्छ। परिस्थितिअनुसार चल्न नसक्दा दुःख पाइनेछ। मान्यजनसँग असमझदारी बढ्न सक्छ। पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ। सहयोगीहरूले फाइदा दिलाउनेछन्। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ।
मकर- हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ। अरूको सुझावमा भर नपर्नुहोला। कसैसँग सामान्य मनमुटाव पनि पर्न सक्छ। केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला। अप्ठ्यारा कामको बोझ थपिन सक्छ। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ।
कुम्भ- महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै वेश होला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिनेछ। लगनशीलताले कीर्तिमान दिलाउन सक्छ। मानसम्मान पनि पाइनेछ। आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ। धैर्यसाथ जुट्नुहोला, लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ।
मीन- कामबाट फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कारसमेत पाइने सम्भावना छ। प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ने समय छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ।