स्कुल बसको ठक्करबाट अढाई वर्षीय बालिकाको मृत्यु, प्रहरीले बस चालकको नाम लुकायो

गोडैता : स्कुल बसको ठक्करबाट एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ ।

धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ३ बजारमा  हिजो बिहीबार बिहान बसले बालिकालाई ठक्कर दिएको हो।

धनुषाधामस्थित बाल आवासीय इंग्लिस बोर्डिङ स्कुलको ना १ क ९६९६ नम्बरको बसले स्थानीय व्यवसायी किशोरी ठाकुरकी अढाई वर्षीय छोरी मनिता ठाकुरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

धनुषाधाममा रहेको आफ्नै पसलबाट बाटो काट्ने क्रममा बालिकालाई बसले ठक्कर दिएको थियो।

दुर्घटनापछि बस चालकलाई प्रहरीले तत्कालै पक्राउ गरेको थियो। बसका चालकको अहिलेसम्म प्रहरीले नाम भने खुलाएको छैन।

चालकको नाम नखुलाउनुलाई स्थानीय तथा पीडितले षड्यन्त्रको आशंका गरेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी तथा प्रहरी प्रवक्ताको नम्बर स्विच अफ रहेको पाइएको छ।

सम्बन्धित समाचार

सबै