विवाहपञ्चमीको तयारी अन्तिम चरणमा

जनकपुर : जनकपुरधाममा प्रत्येक वर्ष मनाइने विवाहपञ्चमीको तयारी अन्तिम चरणमा छ।

भारतको उत्तर प्रदेशस्थित श्री राम जन्मभुमिबाट जन्ती निस्किसकेका छन्। यता विवाहपञ्चमी महोत्सवको तयारी पनि तीब्र रुपमा भइरहेको छ।

अहिले मन्दिर परिसरमा रङ लगाएर र चित्र बनाएर सजाउने काम भइरहेको छ। मिथिलाको संस्कृति,सीतारामको विवाह र विधी, रहनसहन, खानपान र विविधता झल्किने चित्रहरु बनाइदै छ।

प्रत्येक पाँच वर्षमा भारतको अयोध्याबाट जन्ती आउने गरेकाले यस वर्षको विवाहपञ्चमी महोत्सव विशेष रहेको छ। मंसिर १६ गतेबाट शुुरु हुने विवाहपञ्चमी महोत्सव एक साता सम्म चल्नेछ।

सम्बन्धित समाचार

सबै