रौतहटमा स्कारपियो दुर्घटना, आठ जनाको घटनास्थलमै मृत्यु

लालबन्दी : रौतहटमा स्कारपियो गाडी दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत चन्द्रपुर नगरपालिका–४ धन्सार पुल नजिकैको जंगलमा मंगलबार बिहान बा.१६ च. ३१६२ नम्बरको स्कारपियो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

उक्त स्कारपियो निजगढबाट चद्रनिगाहपुरतर्फ आउँदै गरेको थियो।

बाराको पञ्चवर्षीय गढीमाई मेलाबाट सिरहा फर्किन लागेको उक्त स्कर्पियो अनियन्त्रित भई रुखमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा सिरहा अर्नामा गाउँपालिका-३ का ६० वर्षीया लरुवदि देवी महरा,३० वर्षीया उर्मिला देवि महरा,५० वर्षीया रामकुमारी देवि महरा,५५ वर्षीया महङ्गी देवि महरा,६२ वर्षीया फुलबन्ती देवि चमार,६० वर्षिया रामकुमारी देवि महरा ३० वर्षीया सकुन्तला देवि महरा र सोही गाउँपालिकाको वडा नम्बर ५ बलुवा टोलका स्कार्पियो चालक ४० वर्षीय शिव कुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर पाँच जना घाइते भएका छन्। घाइतेहरूको पर्साको बिरगंजस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ।

सम्बन्धित समाचार

सबै