
जनकपुरधामः नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत क्वालिफायर राउन्डको पहिलो खेलमा जनकपुर राइनोजले सदूरपश्चिम रोयल्सलाई १३९ रनको लक्ष्य दिएको छ।
बिहान त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १४० रनको लक्ष्य दिएको हो।
टस जितेर ब्याटिङ रोजेको जनकपुरका जेम्स निसमले सर्वाधिक ४५ रन बनाए। शुभ कंसाकारले २६ रनको योगफल तयार पारेका थिए।
यस्तै लाहिरू मिलान्था र हर्ष थाकरले समान १२/१२ रन बनाउँदा आसिफ शेख र अरनिको यादवले ११/११ रन बनाएका थिए। बाँकी खेलाडीले दोहोरो रन भेट्टाउन सकेनन्।
बलिङतर्फ सदूरपश्चिमका दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिएका थिए।
साइफ जाइबले २ विकेट लिँदा अविनाश बोहरा र स्कट कुगेलेइनले समान एकएक विकेट लिएका थिए।
आज जनकपुर बोल्ट्स नियमित कप्तान अनिल शाहबिनै मैदान उत्रिएको छ। घाइते भएका साह मैदान बाहिरै छन्।