
चपुरः रौतहटका विभिन्न स्थानबाट राजस्व छलेर ल्याइएको १५ लाख रुपैयाँ बराबरको सामान सशस्त्र प्रहरी बलले बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गणले राजश्व छली गरी ल्याइएका लत्ताकपडा, किराना सामान तथा मदिरालगायत सामान बरामद गरेको जनाएको छ।
भन्सार छलेर ल्याइएको ४०४ थान लत्ताकपडासहित भारततर्फ अवैधरूपमा पठाउन लागिएको १०४ कार्टुन मदिरासमेत बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।
अवैध कारोबारमा प्रयोग भएका ४ थान मोटरसाइकल र ६ थान साइकलसमेत बरामद गर्न सफल भएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएका सामान भन्सार कार्यालयमा पठाइएको नम्बर ११ गणले जनाएको छ।