काठमाडौँ : हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभावका कारण वर्षा भइरहेको छ। हिजो काठमाडौँलगायत देशका केही पहाडी भेगमा वर्षा भएको थियो।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको साथै बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ।
त्यस्तै आज राति कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भूभागमा मुख्यतया मौसम सफा रहने महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख गरिएको छ।