२०८१ साल माघ १२ गते शनिबारको राशिफल :
मेष- विशेष योजना गोप्य राख्नु होला। बन्न लागेको पनि बिग्रन सक्ने दिन छ। घरेलु समस्याले सताउने हुँदा काममा अवरोध आउनेछ। त्यसै त्यसै दिक्क लागेर आउनेछ। आत्मविश्वास भने बढ्नेछ। आफन्तको काममै आजको दिन बित्ने छ।
वृष- आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ योजनाहरूको पनि सिर्जना हुने दिन छ। परिश्रम गर्दा अरूको विश्वास पनि जित्न सकिनेछ। अधुरा काम बनी मन हर्षित हुने दिन छ। राम्रोसँग कमाइ हुनेछ। पठन-पाठनमा पनि प्रगति हुनेछ। धनलाभ पनि होला। जाँगर आउनुका साथै आर्थिक एवं सामाजिक लाभ मिल्ने छ।
मिथुन- भौतिक साधन जुट्नेछन्। नउठ्ने रकम उठ्ने दिन छ। मन प्रफुल्ल रहला। प्रयास गर्दा प्रेममा सफलता पाउने र वैवाहिक बन्धनको योग छ। टाढाको यात्रा पनि होला। कामहरू सजिलैसँग बन्नेछन्। कामको इच्छाशक्ति पनि बढ्नेछ। काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ।
कर्कट- ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन्। छरछिमेकमा झगडा हुन सक्छ। गलत विचार बढ्ने छ। समयमा निर्णय नहुँदा काममा अवरोध आउने छ। झैझगडा पनि होला। शरीरमा आलस्य छाउने देखिन्छ।
सिंह- नयाँ काममा समय मात्र बित्नेछ। नोकरीमा आज अल्छी लाग्न सक्छ। व्यापारमा सफलताले मन रमाउने छ। धन मनग्य कमाउने अवसर मिल्नेछ। जागिरमा पनि ठीकै छ। मान सम्मान मिल्नेछ। विशेष सभा-समारोहमा सहभागी बन्ने मौका पनि पाइनेछ।
कन्या- दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ। समग्रमा दिन रमाइलो छ। ठूला व्यक्तिको आशा र भरोसा पनि तपाईंप्रति रहनेछ। बोल्दा धेरै काम सहज हुनेछन्। धार्मिक काममा मन जानेछ। काममा पनि उत्साहजनक समय छ।
तुला- व्यावसायिक यात्राको सम्भावना छ। सामाजिक कार्यमा मन जाने छ। विविध लाभ पनि होला। सहयोग र नयाँ मित्रको आगमनले अन्ततः मन प्रशन्न हुनेछ। धन लाभ पनि होला। सोचेका काम बन्नेछन्। केही खर्च लागे पनि सोचेको काम बन्नेछ। सन्तानबाट खोजेजस्तो सहयोग नपाउँदा केही पीडा होला।
वृश्चिक- उपचारमा खर्च हुने योग छ। सामान्य ज्वरो आउन सक्छ। खानपानमा होश पुर्याउनु होला। परिश्रमले आफ्नो लक्ष्य पूरा गर्न सकिनेछ। नोकरी र राजनीतिमा केही अप्ठ्यारो सामना गर्नुपर्नेछ। स्वास्थ्यको विशेष ख्याल गर्नुहोला। सोच्दै नसोचेको ठाउँमा पैसा जाने दिन छ।
धनु- विभिन्न अवसरले पछ्याउनेछन्। स्वास्थ्य स्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ। नयाँ काम पाउने योग छ। पढाइमा राम्रै उन्नति गरेर अगाडि बढ्न सकिनेछ। दिन राम्रै छ। आय वृद्धि हुने दिन छ। अन्नको लाभ पनि हुने दिन छ।
मकर- भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। धनको पनि लाभ होला। आँटे-गरेका काम पूरा हुने छन्। व्यापारमा पनि सामान्य लाभ हुने देखिन्छ। कमाइ बढ्दा सुख पनि बढ्ने छ। विगतको श्रमबाट पनि धन लाभ हुनेछ। नयाँ लुगा र मीठो खाजाको आनन्द पनि मिल्नेछ।
कुम्भ- गरेका कामबाट राम्रै लाभ मिल्नेछ। यात्राका लागि एकदम राम्रो समय छ। व्यापारमा गरेका प्रयासहरू सकारात्मक रहने छन्। साथीभाइसँग भेटघाट पनि होला। रोकिएका कामहरू बन्नेछन्। धनको प्राप्ति पनि होला।
मीन- बाध्यतापूर्ण काममै समय बित्न सक्छ। व्यापार-व्यवसायमा घाटा बेहोर्नुपर्ला।समय त्यति राम्रो छैन। गलत विचार बढ्ने छ। समयमा सही निर्णय लिन सकिने छैन। रोगले सताउला। सोच्दै नसोचेको ठाउँमा खर्च होला। सोचेअनुसार काम बन्न कठिन छ।