
लालबन्दी : जिल्ला प्रहरी कार्यालय रौतहटले सञ्चालन गरेको अभियानअन्तर्गत लामो समयदेखि फरार ११ जना प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला अदालत रौतहटबाट गाली बेइज्जती मुद्दामा जरिबाना तोकिएका शेख टइटसहित विभिन्न मुद्दामा सजाय तोकिएका ११ जना प्रतिवादीलाई जिल्लाको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको जनाएको छ।
अन्य पक्राउ पर्नेमा किर्ते जालसाजी मुद्दाका कैलाश माझी, धुनिया मुसहरनी, बाबुलाल माझी, जागा माझी, शेख अजीज मियाँ, जमील अख्तर, जमिला शेखिन, शेख बनु र कुटपिट मुद्दाका रामविलास पटेल, रहेको प्रहरीले जनाएको छ।
अदालतबाट दोषी प्रमाणित भएका पक्राउ परेका सबैलाई फैसला कार्वान्यनका लागि जिल्ला अदालत गौरमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादले बताएका छन्।