वीरगन्जबाट १२ किलो चरेससहित सर्लाहीका पुरुष पक्राउ

हरिवन : शुक्रबार वीरगन्जबाट एक व्यक्ति लागूऔषध चरेससहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाही विष्णु गाउँपालिका-४ मधुवनका ४५ वर्षीय सुधीर कर्ण रहेका छन् । शुक्रबार बिहान १० बजेर १० मिनेटका समयमा प्रहरीले उनलाई वीरगन्ज महानगर-१६ बाट पक्राउ गरेको हो।

अस्थायी प्रहरी पोस्ट इनर्वागाउँबाट नियमित चेकिङमा खटिएको प्रहरी टोलीले कर्णले बोकेको रातो रङको डब्बामा उनले प्लास्टिकमा स-साना पोका बनाएर राखेको १२ किलो चरेस बरामद गरेको जनाएको छ ।

कर्णविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा थप अनसुन्धान कार्य भइरहेको पर्सा प्रहरी प्रवक्ता डीएसपी सुवास भट्टले जानकारी दिए ।

सम्बन्धित समाचार

सबै