
लालबन्दी : नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। निगमले एक विज्ञप्ति जारी गर्दै डिजेल तथा मट्टितेलको मूल्य भने घटेको जनाएको छ।
पेट्रोलको मूल्य १ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ४ रुपैयाँ घटेको निगमले जनाएको छ।
निगमले इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ खरिद मूल्यसूची अनुसार शनिबार पेट्रोलको ५८ पैसा र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ५९ पैसा घटेर आएकाले सोहीअनुसार मूल्य समायोजन गरिएको जनाएको छ।
नयाँ मूल्यअनुसार काठमाडौंमा पेट्रोलको १६८ रुपैयाँ र डिजेल र मट्टितेलको १५६ रुपैयाँ प्रतिलिटर पर्ने निगमले जनाएको छ।
नयाँ मूल्य आइतबारदेखि लागू हुनेछ।