उदयपुरमा जीपले ठक्कर दिँदा सडकमा बसिरहेका सप्तरीका दिदीबहिनीकै मृत्यु

उदयपुर : सदरमुकाम गाईघाटमा गाडीले ठक्कर दिँदा सडक छेउमा उभिरहेका दिदीबहिनीको मृत्यु भएको छ।

डिएमगेट नजिकै त्रियुगा बसपार्क जाने सडकखण्डमा भएको उक्त दुर्घटनामा सप्तरी राजविराज स्थायी घर भई गाइघाट बजार बस्दै आएकी १४ वर्षीया अनुकुमारी दास र १२ वर्षीया देवीकुमारी दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक केदारमान दोङले जानकारी दिए ।

बिहीबार साँझ गाईघाट बजारबाट त्रियुगा बसपार्कतर्फ जाँदै गरेको प्रदेश नं १ ०५–००१ च ०९२ नम्बरको जीपले सडक पेटीमा बसिरहेका उनीहरूलाई ठक्कर दिएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी अनुकुमारीको घटनास्थलमा नै मृत्यु भएको हो भने अर्की घाइते देवीकुमारीको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जीप चालक त्रियुगा नगरपालिका–९ गैरुन का १८ वर्षीय निर्जल कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त जीप गाइघाट हिमशिखर फर्निचर उद्योगको रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सबै