
२०८१ साल चैत २० गते बुधबारको राशिफल :
मेष- पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबण्डाको समय छ। व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ। सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ। बिनाकारण आफन्तजनबाट टाढिनुपर्नेछ। मातापिताका बारेमा चिन्ता बढ्नेछ। विश्वासपात्रले धोका दिनेछन्। वैदेशिक रोजगारीमा केही समस्या आउनेछन्।
वृष- एक्लोपनाको अनुभूति हुनेछ। राहुको प्रभावले विवाद, धन हानी, लाञ्छनाजस्ता समस्या आउन सक्छन्। पारिवारिक असमझदारी, बन्धुबान्धवसँग मनमुटाव र छटपटी बढ्ने देखिन्छ। सामाजिक प्रतिष्ठामा कमी आउनेछ। काममा विलम्ब र चुनौती सामना गर्नुपर्ला। मान हानी वा अपयशको सम्भावना छ।
मिथुन- विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कनेछ। पारिवारिक समस्याहरू देखा पर्नेछन्। साझेदारीमा विवाद र पति-पत्नीमा असमझदारी बढ्नेछ। शिक्षा र साझेदारीमा फाइदा हुनेछ। परोपकार र मंगलमय काम सम्पादन गरिएला। मानसम्मान पाइनेछ। मित्रता, प्रेम र प्रणय सम्बन्धका लागि समय अनुकूल देखिन्छ।
कर्कट- पेट र छातीसम्बन्धी समस्याले सताउन सक्छ। विद्यार्थीहरूका लागि अनुकूल समय छ। धेरै रोकिएका काम बन्नेछन्। बौद्धिक कार्यमा सफलता मिल्नुका साथै पढाइमा प्रगति हुनेछ। अतिरिक्त आम्दानी बढ्नेछ। मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ। घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ।
सिंह- नयाँ उद्योगधन्दा थालनी गर्न सकिनेछ। समाजसेवा र परोपकारका कार्य गरिनेछ। आयआर्जनको कमीले ठूलो प्रगतिमा बाधा पुग्नेछ। उत्तम रोजगारी, नोकरीमा प्रवेश वा पदोन्नतिको सम्भावना छ। अनुकूल स्थानान्तरणको पनि योग छ। आफन्तजनसँगै मनमुटाव बढ्न सक्छ।
कन्या- स्वास्थ्यमा बाधा, काममा झमेला र आफन्तबीच असमझदारी बढ्ने देखिन्छ। झुटा आरोप आइलाग्नेछन्। बाहिरी यात्रा र प्रवासमा हुनेहरूलाई समय निकै अनुकूल देखिन्छ। सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्न थाल्नेछन्। कृषि र व्यवसायमा उन्नति हुनुका साथै मनग्य धन कमाउने अवसर जुट्नेछ।
तुला- साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ। शिक्षामा राम्रो प्रगति हुनेछ। बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ। जीवनसाथी र सन्तानका तर्फबाट भौतिक सम्पत्ति लाभ हुनेछ। घरजग्गा जोड्ने मौका छ। विशेष अध्ययनका लागि विदेश यात्राको योग छ। साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिने समय छ।
वृश्चिक- नयाँ नोकरी प्राप्ति वा पदोन्नतिको सम्भावना छ। व्यापार-व्यवसाय विस्तार हुनेछ। विश्वासमा पारेर धोका दिनेहरूले सताइरहनेछन्। रोकिएका काम बन्न थाल्नेछन्। परोपकार र सामाजिक काममा रुचि जाग्नेछ। पठनपाठनमा पनि प्रगति हुनेछ। सोच्ने शक्ति बढ्ने छ। कुरा काट्नेहरू प्रशंसा गर्न थाल्ने छन्।
धनु- स्थायी सम्पत्ति आर्जन गर्ने समय छ। सामाजिक प्रतिष्ठा बढ्नेछ र मानसम्मान पाइनेछ। जीवनसाथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन्। विद्यार्थीहरूका लागि विशेष उपलब्धिमूलक समय छ। सहयोगीको राम्रो साथ पाइनेछ। शिक्षा र साझेदारीमा फाइदा हुनेछ। घरमा सामान्य मनमुटाव होला।
मकर- स्थायी सम्पत्ति जोड्ने समय छ। नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावित छ। बुद्धि-विवेकको उपयोग गर्न नसकिएला। बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउने योग छ। शक्तिमा अंकुश लाग्नेछ। सन्तानबाट लाभ र सुख मिल्नेछ। दीर्घकालीन योजनाहरू सम्पादन हुनेछन्।
कुम्भ- कृषि र पशुपालनमा सामान्य, उद्योग र व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ। आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन्। मानसम्मान पनि पाइनेछ। आयआर्जनका स्रोत बढ्नेछन्। उद्योगधन्दा र रोजगारीका लागि विभिन्न अवसर आउनेछन्।
मीन- स्थापित व्यवसाय, कृषिकर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ।। बिनाकारण अनेक चुनौती सामना गर्नुपर्ला। आयआर्जनका स्रोत प्रशस्तै भेटिनेछन्। व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्नेछ। पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन्।