सप्तरीमा बस दुर्घना, ३ जनाको मृत्यु

लालबन्दी : सप्तरीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
कञ्चनरुप नगरपालिका वडा नम्बर–१० स्थित बदगामा आइतबार बिहान बस दुर्घटना भएको हो । उदयपुरबाट विराटनगर जाँदै गरेको प्रदेश–१–०१–००१ ख ३४२० नम्बरको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले बताए ।

मृत्यु हुनेमा सप्तरीको कोशी नगरपालिका–१ बस्ने ७५ वर्षीय रत्न बहादुर मग्रातीसहित ३ जना छन् । मृतक दुईजनाको पहिचान नखुलेको एसपी खतिवडाले जानकारी दिए ।

दुर्घटनामा परेर २२ जना घाइते भएका छन् । बसमा ३५ जना सवार थिए । बस चालक झापाको मेचीनगर नगरपालिका–७ घर भएका ४७ वर्षीय अमृत दर्जीलाई प्रहरीले पक्राउ गरेको छ ।

घटनाबारे इलाका प्रहरी कार्यालय कञ्चनपुरले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार

सबै