लालबन्दी : पत्रकार फणिदेव महतको मंगलबार साँझ निधन भएको छ ।
लामो समयदेखि ब्रेन ट्युमर रोगबाट पीडित रौतहटको चन्द्रनिगाहपुर निवासी महतको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
चन्द्रपुरस्थित रेडियो सुप्रिमको सञ्चालक तथा अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत उनी नेकपा एमाले निकट प्रेस चौतारीको मधेस प्रदेश अध्यक्षसमेत थिए।
महत प्रेस चौतारी नेपाल मधेस प्रदेशका निवर्तमान अध्यक्ष हुन् । महतको निधन भएको प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हीरामान लामाले जानकारी दिए ।
ट्युमरबाट पीडित महतले लामो समयदेखि सो रोगको उपचार गराउँदै आएका थिए ।