सिरहामा ४३ वर्षीय पुरुषको शव फेला, हत्याको आशंका

लालबन्दी : सिरहाको अर्नमा गाउँपालिकामा एक युवकको शव फेला परेको छ। अर्नमा गाउँपालिका–१ बुदियाचापमा ४३ वर्षीय अजय महरा मृत भेटिएका हुन् ।

शनिबार बिहान घरभन्दा केही पर मुलिफ अलि मन्सुरको आँपको रुखमुनि उनको शव फेला परेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

घाँटीमा गम्छाले बेरिएको अवस्थामा बिहान शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलको प्रकृति हेर्दा हत्या भएजस्तो देखिने र अनुसन्धान सुरु गरिएको प्रहरीको जनाएको छ ।

सम्बन्धित समाचार

सबै