२०८२ साल असार १५ गते आइतबारको राशिफल :
मेष- विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। झमेलाको सामना गर्नुपर्ने योग छ। जागिरमा अल्छी छाउनेछ। हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन दिने छैनन्।
वृष- परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ। कृषि कार्यबाट फाइदा लिन सकिने छ। पराक्रम बढ्नुका साथै अधुरा काम बन्ने र नयाँ काम पाउने योग छ। पढाइमा भने मन नजाला। तपाईंले सोचेको काम पूरा हुन सक्छ। घरमा पाहुनाले सताउलान्।
मिथुन- विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइने समय छ। प्रायः सबै काम बन्नेछन्। काममा साथ सहयोग पाइनेछ। आर्थिक लाभ हुने दिन छ। आम्दानीको नयाँ स्रोत फेला पर्नेछ। भोजभतेरमा संलग्न हुन पाइने छ।
कर्कट- स्वास्थ्यमा कमजोरी अनुभव हुनेछ। केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला। वैदेशिक कार्य असफल हुन सक्छ। भाग्यले साथ दिने छैन। धनको नाश पनि होला।
सिंह- परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ। आज कसैबाट समर्थन एवं धन पाइने दिन छ। व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन्। अन्नको पनि लाभ मिल्न सक्छ।
कन्या- परिवारबाट सुखको अनुभूति हुनेछ। धन कमाउने बाटाहरूको थालनी हुने दिन छ। सोचेका काममा सफलता पनि मिल्नेछ। दिन खुशी साथ बित्ने छ। परिवारमा पनि सुखको माहोल बन्नेछ।
तुला- हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ। रमणीय र सुखद यात्राको योग छ। टाढाको यात्रा हुने दिन छ। परिवारमा खुशीको माहोल रहने छ। पुराना साथीसंँगको भेटघाटले मन हर्षित हुनेछ।
वृश्चिक- खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। भौतिक साधनको पनि क्षति हुने दिन छ, होश पुर्याउनु होला। दैनिक प्रयोगको सामान बिग्रनाले आर्थिक हानी हुन सक्छ। स्वास्थ्य कमजोर हुनुका साथै काममा सफलता पाउन गाह्रो पर्ला।
धनु- नसोचेका आफन्तसँग भेटघाट हुनाले मन प्रफुल्ल रहने छ। सोचेअनुसार काम सम्पन्न हुने छैन। मान प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ। सोचेको काममा भने बाधा बेहोर्नुपर्ला। अरूको काम धेरै गर्नुपर्ला, जश पाउने सम्भावना कमै रहनेछ। काम गरेअनुसार फल थोरै मिल्ने समय छ।
मकर- उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ। सकारात्मक र व्यावहारिक सोचको विकास हुनेछ। व्यापारबाट लाभ मिल्नेछ। पढाइमा सफलता मिल्ने दिन छ।
कुम्भ- नयाँ कामसम्बन्धी योजना बनाउँदा फाइदा हुन सक्छ। व्यापार व्यवसायबाट लाभ मिल्ने देखिन्छ। मनमा खुशी मिल्नेछ। आफन्तले पनि काममा साथ दिने छन्। बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ। व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ।
मीन- स्वास्थ्यमा अचानक गडबडी हुने सम्भावना छ। चोटपटकको भय पनि छ। हातहतियारबाट जोगिएर काम गर्नु होला। छिमेकमा सामान्य मनमुटाव हुन सक्छ। कुरा काट्नेहरू प्रशस्त बढ्ने छन्। कसैसँग वादविवादको पनि सम्भावना छ।