सप्तरीमा करेन्ट लागेर महिलाको मृत्यु, एक युवक झुन्डिएको अवस्थामा फेला

सप्तरी : अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ टेङ्गरीमा आज करेन्ट लागेर एक जना वृद्धा महिलाको ज्यान गएको छ ।

स्थानीय वैद्यनाथ यादवकी ७० वर्षीय श्रीमती उर्मीलादेवी यादवको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जनाकारी दिए ।

उनका अनुसार खेतमा विद्युत् जडान गरिएको मोटरमा लागेको तारमा छुँदा करेन्ट लागेको हो । करेन्ट लागेका उनको घटनास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ ।

राजविराज–कञ्चनपुर हुलाकी सडक खण्डअन्तर्गत अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ स्थित बनौलीमा एक युवकको शव झुन्डिएको अवस्थामा फेला परेको छ । स्थानीय बौवालाल साहको छोरा अन्दाजी वर्ष १९ को अरविन्द साह झुन्डिएको अवस्थामा मृत फेला परेको स्थानीय रामसेवक मण्डलले जनाकारी दिए ।

सम्बन्धित समाचार

सबै