नागपञ्चमीमा नगरपालिकाले दियो बिदा

लालबन्दी । रौतहटको इशनाथ नगरपालिकाले नागपञ्चमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सोमबार बसेको नगरपालिका प्रमुखस्तरीय निर्णयअनुसार १३ गते मंगलबार नागपञ्चमीको दिन बिदा दिने भएको हो ।

नगरपालिकाको कार्यालयले आज एक सूचना जारी गर्दै लेखेको छ– कार्यालयमातहत रहेका सबै संस्था, शिक्षण संस्थाहरूसमेत स्थानीय सार्वजनिक बिदा दिइएको व्यहोरा जानकारीका लागि सबैमा अनुरोध छ । यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति नगरपालिका क्षमाप्रार्थी छ ।’

सम्बन्धित समाचार

सबै