धनुषामा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउण्ड हवाई फायर

धनुषा : भारतबाट अवैध रूपले ल्याउँदै गरेको सामान नियन्त्रणमा लिने क्रममा धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबिच झडप भएको छ ।

जिल्लाको विदेह नगरपालिका–२ दुहवीस्थित आँप  बगैँचामा बुधबार साँझ भारतबाट अवैध रूपले ल्याउँदै गरेको सामान नियन्त्रणमा लिने क्रममा झडप भएको हो ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुबाट डीएसपीको कमाण्डमा रहेको सुरक्षा फौजले उक्त तस्करीको सामान नियन्त्रणमा लिन  खोज्दा तस्कर र स्थानीय बासिन्दा जम्मा भई सुरक्षाकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेका थिए । 

स्थितिलाई नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरी बलले एसएलआरबाट  ४ राउण्ड हवाई फायर गरेको डीएसपी शैलेन्द्र थापाले बताए । सशस्त्र प्रहरीले एउटा मोटरसाइकल र केही किराना सामान नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार

सबै