घट्यो डिजेल र मट्टितेलको मूल्य

लालबन्दी : नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

ईण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टितेलको मूल्य समायोजन गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

सोमबारदेखि लागू हुने गरी डिजेल/मट्टीतेलमा प्रति लिटर ४ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर १ रुपैयाँ र तथा हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँको लागि प्रति किलोलिटर अमेरिकी डलर ७ ले घटाइएको हो।

पेट्रोल घटेर आएको भएपनि बिक्री मूल्य यथावत राखिएको छ ।

सम्बन्धित समाचार

सबै