लालबन्दी । रौतहटको लालबकैया खोलामा नुहाउन गएकी एक बालिकाको डुबेर मृत्यु भएको छ ।
आज बिहान जितिया पर्वको (नहायखाय) पर्वका लागि आमासँगै लाल बकैया नदीको सबगढामा नुहाउन गएकी गौर–६ बस्ने बैजु साहकी १० वर्षीया छोरी करिश्माको डुबेर मृत्यु भएको हो ।
खोलामा नुहाउने क्रममा बिहान करिब १० बजे डुबेर बेपत्ता भएकी बालिकाको शव दिउँसो करिब १ बजे भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।
नुहाउने क्रममा बालिका डुबी बेपत्ता भएको खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरीको टोली खोजीका लागि गएको थियो।