२०८२ साल असोज ०१ गते बुधबारको राशिफल

२०८२ साल असोज ०१ गते बुधबारको राशिफल :

मेष :
अनावश्यक कार्यमा समय खर्च हुने सम्भावना छ। योजनाअनुसार सफलता हात पार्न कठिनाई हुनसक्छ। खर्च नियन्त्रणमा राख्नु आजको प्रमुख आवश्यकता हुनेछ।

वृष :
दाजुभाइ वा नजिकका व्यक्तिबाट सहयोग प्राप्त हुनेछ। कार्यक्षेत्रमा उत्साह जाग्नेछ। परिश्रमअनुसार उचित आर्थिक लाभ पाइने संकेत छन्।

मिथुन :
आर्थिक पक्ष सामान्य रहन सक्छ। आफन्तसँग वादविवाद वा मानसिक तनाव सिर्जना हुने सम्भावना भएकाले संयम आवश्यक छ।

कर्कट :
पारिवारिक मेलमिलाप र भेटघाटको अवसर हुनेछ। आयका नयाँ श्रोत विकसित हुनेछन्। नातागोता र मित्रताको सहयोग पाइनेछ।

सिंह :
खर्च बढ्ने सम्भावना छ। स्वास्थ्यमा विशेष ध्यान दिनु जरुरी हुनेछ। निर्णयमा आवेश र हतार नगर्नु बुद्धिमानी ठहरिनेछ।

कन्या :
समय अनुकूल रहनेछ। आयका नयाँ श्रोत थपिँदै जानेछन्। पद वा पैसाभन्दा प्रतिष्ठासँग सम्बन्धित क्षेत्रमा लगानी गर्ने सम्भावना छ।

तुला :
विद्यार्थीका लागि सफलता प्राप्त हुने समय छ। कार्यक्षेत्रमा उत्साह बढ्नेछ। व्यापार–व्यवसायमा अपेक्षाकृत राम्रो लाभ लिन सकिनेछ।

वृश्चिक :
समय मध्यम रहनेछ। सामाजिक तथा धार्मिक कार्य सफलतापूर्वक सम्पन्न हुनेछन्। नयाँ योजनाभन्दा पहिलेका कार्यमा प्रगति हुने देखिन्छ। अध्ययनमा पनि ध्यान जानेछ।

धनु :
मानसिक तनाव र चिन्ता बढ्न सक्छ। आफन्त वा साथीहरूबाट अपेक्षित सहयोग नपाइने सम्भावना छ। आयभन्दा खर्च बढी हुने भएकाले सावधानी आवश्यक हुनेछ।

मकर :
अन्यको सहयोगमा महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ। रोकिएको धन फिर्ता आउने सम्भावना छ। श्रमअनुसार लाभ पाइनेछ र अध्ययनमा प्रगति हुनेछ।

कुम्भ :
आम्दानीमा वृद्धिसँगै व्यापार–व्यवसायमा लाभ हुने समय छ। रमाइलो यात्रा र पारिवारिक सहयोग प्राप्त हुनेछ। महत्वपूर्ण कार्य तथा यात्रामा सफलता मिल्नेछ।

मीन :
बौद्धिक प्रतिस्पर्धामा सफलता हात पार्न सकिनेछ। स्वास्थ्य सामान्य रहने संकेत छन्। विद्यार्थीले अध्ययनमा उल्लेखनीय प्रगति गर्ने सम्भावना छ।

सम्बन्धित समाचार

सबै