२०८२ साल असोज ०५ गते आइतबारको राशिफल :
मेष- पारिवारिक भेटघाटको समय छ। टाढिएका आफन्तहरू नजिकिनेछन्। विशेष सभा-समारोहमा भाग लिने मौका छ। मानसम्मान पनि पाइनेछ। धार्मिक-सामाजिक काममा रुचि जाग्नेछ। साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ। आश मारेको काम बन्नाले उत्साह जाग्नेछ।
वृष- पढाइलेखाइमा प्रगति हुनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला। उद्योग-व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ। व्यापार-व्यवसायमा लगानी बढाउन सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। हिम्मतले काम लिने समय छ।
मिथुन- आत्मीयजनसँग भेटघाट होला। सरसफाइ, वागबगैंचासम्बन्धी काममा आकर्षित भइएला। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ। घरमा सुख-समृद्धि बढ्नेछ। बुद्धिको उपयोगले शत्रुबाट जोगिन सकिनेछ।
कर्कट- केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ। कृषि र पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। आर्थिक अभावले भने अलि सताउनेछ। व्यवसायमा केही उतारचढाव आउला। प्रेम र मित्रताको बन्धन कसिन सक्छ। अस्थायी पेशाबाट मनग्य फाइदा हुने देखिन्छ।
सिंह- मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ। घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ। चुनौतीहरू पन्साउँदै रोकिएका काम बनाउन सकिनेछ। धैर्यले काम लिने समय छ। बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ। कुटुम्बको सहयोग प्राप्त होला। नोकरी प्राप्त हुने सम्भावना छ।
कन्या- कृषि र पशु व्यवसायबाट लाभ हुने समय छ। प्राकृतिक पर्यावरणमा रमाउने दिन छ। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। सन्तानबाट सुख मिल्ने योग छ। रोकिएका काम शुरु हुनेछन्। दाम, इनाम र प्रतिष्ठा कमाउने मौका छ। मित्रता र प्रेमको बन्धन कसिन सक्छ।
तुला- लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। धन आर्जन होला। आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन्। यात्राको योग छ। पठनपाठनमा प्रगति हुनेछ। प्रतिभा प्रदर्शन गरेर धेरैलाई अचम्मित तल्याउन सकिनेछ।
वृश्चिक- सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ। धन तत्काल खर्च गर्नुपर्ला। छिमेकमा केही असमझदारी बढ्ने योग छ। धेरै परिश्रमबाट थोरै लाभ मिल्ने समय छ। घरखर्च पनि बढ्नेछ। तपाईंको विचारलाई धेरैले मन पराउनेछन्। नाता गाँस्नेहरूले केही दुःख दिनेछन्।
धनु- कृषि र पशुपालनमा खर्च बढ्नेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पेटको समस्याले सताउन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयास गर्दा फाइदा हुनेछ। धेरैको भलाइ हुने काम गर्न सकिनेछ। लगनशीलताले कीर्तिमान दिलाउन सक्छ।
मकर- दीर्घकालीन लाभका क्षेत्रमा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ। नयाँ सीप र ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ। कृषि र पशुपालनबाट फाइदा होला। रोकिएका काम बन्नुका साथै विस्तारै नयाँ काम शुरु हुनेछन्।
कुम्भ- अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ। धनलाभ होला। वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ। चिताएको काम बन्ने देखिन्छ। आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिनेछ। नयाँ काम बन्नेछ। रमाइला ठाउँको भ्रमण गर्ने मौका जुर्न सक्छ।
मीन- पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ। दाम्पत्य सम्बन्धमा पनि केही नराम्रो होला। खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कनेछ। पारिवारिक समस्याहरू देखापर्नेछन्।