२०८२ साल असोज ११ गते शनिबारको राशिफल :
मेष- लामो समयदेखि रोकिएका काम बन्नेछन्। आम्दानीमा कमी हुने छैन। नसोचेको ठाउँबाट धन आउने दिन छ। पारिवारिक समस्या भने बढ्ने देखिन्छ। रुचिका विषयमा लगानी बढाउने समय छ।
वृष- साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। मन त्यसैत्यसै फुरुंग हुने समय छ। धन लाभ पनि हुनेछ। काममा जोश-जाँगर आउनाले मन प्रफुल्ल रहला। सेयर-बजारका काममा पनि सफलता मिल्न सक्छ। व्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। आर्थिक लाभ हुने दिन छ।
मिथुन- काममा आलश्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ। कसैसँग मनमुटाव हुन सक्छ। वादविवादमा पर्न सकिने छ। अनायसै आर्थिक क्षति हुने दिन छ। आफ्नै कमजोरीले विवादमा परिने योग छ। मनमा पीडाले पनि सताउने छ।
कर्कट- श्रमको उचित मूल्यांकन हुनेछ। तर, काममा ढिलाइ भई सोचेको काम नबन्न सक्छ। नोकरीमा झमेलाको सामना गर्नुपर्ने दिन छ। व्यापारमा भने लाभ मिल्ला। कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। मानसम्मान पनि पाइएला।
सिंह- पारिवारिक आवश्यकता पूर्ति होला। घरपरिवारमा राम्रो सम्बन्ध रहने छ। दिन मनोरञ्जनका साथ बित्नेछ। सोचेको काम बन्नाले मन हर्षित रहने छ। मान्यजनको आगमन पनि हुन सक्छ । स्वादिष्ट भोजनको आनन्द पाइएला। आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ।
कन्या- आम्दानीको स्रोत बढ्नेछ। वाहन-चौपायाको कामबाट फाइदा हुने देखिन्छ। नोकरी र राजनीतिमा गरेका प्रयास फलदायी रहने छन्। सामान्यतया दिन ठीकै छ। कला, साहित्य, मनोरञ्जनमा रुचि बढ्नेछ। पारिवारिक सुख-समृद्धिमा वृद्धि हुनेछ।
तुला- स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला। नसोचेको ठाउँमा धन नाश हुने दिन छ। स्वास्थ्यमा गडबडी आउन सक्छ। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। भौतिक साधनको क्षति हुने दिन छ।
वृश्चिक- पितृधनको उपयोगबाट विशेष फाइदा होला। केही अधुरा काम सम्पन्न हुनेछन्। पढाइमा मन जानेछ। काममा सहयोगी साथीभाइहरूले राम्रो साथ दिनेछन्। खेतीपातीको कामबाट राम्रो लाभ लिन सकिने छ। नयाँ जिम्मेवारी पाइएला। दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन्। रोकिएका कामहरू बन्ने दिन छ।
धनु- आफूले सोचेभन्दा बढी नै लाभ हुनेछ। निर्माण र व्यावहारिक क्षेत्रमा मन लाग्नेछ। प्रशंसक बढ्नेछन्। व्यापार-व्यवसायबाट पनि प्रशस्त फाइदा हुने देखिन्छ। धनलाभ पनि हुनेछ।
मकर– खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। सानो प्रयासले रोकिएको काम बन्नेछ। टाढाको यात्राबाट धन प्राप्त हुने दिन छ। आफन्तजनको सहयोग पनि प्राप्त हुनेछ । अवसर आए पनि विचारेर मात्र नयाँ काम शुरु गर्नु होला।
कुम्भ– देखिएका समस्या तत्काल समाधान नहुन सक्छन्। भौतिक साधनको क्षतिका कारण खर्च हुने दिन छ। शरीरमा सामान्य रोगले पनि सताउन सक्छ। स्वास्थ्यको कमजोरीले सताउला। मनमा घरायसी पीडाले डेरा जमाउन सक्छ।
मीन- टाढिएका आफन्तको यादले पिरोल्नेछ। समयको बचत गर्नु होला। चिताएको काममा सफलता नमिल्न सक्छ। साथीभाइ रुष्ट हुनेछन्। प्रतिस्पर्धामा केही कमजोर सावित भइएला।