मलंगवाः अवैध रूपमा भित्र्याइएका ३ वटा मोटरसाइकलसहित सर्लाही प्रहरीले ४ लाख ९० हजार मूल्य बराबरका सामान नियन्त्रत्रणमा लिएको छ।
हिजो शुक्रबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानबाट भारतीय नम्बर प्लेटका तीन वटा मोटरसाइकल, कुखुराका चल्ला, युरिया मल, विभिन्न किसिमका किरानाका सामग्रीहरू जफत गरेको जनाएको छ।
नियन्त्रणमा लिएका उक्त सामग्रीहरूलाई आवश्यक कारबाहीका लागि जिल्लास्थित भन्सार कार्यालयमा बुझाइएको पनि प्रहरीले जनाएको छ।