२०८२ साल कात्तिक ०९ गते आइतबारको राशिफल :
मेष: मनमा निराशा र शरीरमा आलस्य आउनसक्छ। मनमा चञ्चलता बढ्नेछ र अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला। फलदायी यात्रा नहोला, तर साँझमा शुभ समाचार सुन्नमा आउनेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ।
वृष: मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ। व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ।
मिथुन: प्रतिस्पर्धात्मक कार्यमा आफ्नो जित हुनेछ। राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। प्रतिष्ठित काम गर्ने मौका छ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। मनोरञ्जनमा सहभागिता भइएला।
कर्कट: सफल यात्रा र उपहार पाइने सम्भावना छ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ। सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। आकस्मिक यात्राको अवसर आउन सक्छ।
सिंह: दिन सामान्य नै रहनेछ। महत्त्वपूर्ण अवसर गुम्न सक्छ। अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ। पारिवारिक र नातागोताभित्रका सदस्यहरूसँग राम्रो व्यवहार पुर्याउन नसक्नाले महत्वपूर्ण अवसर गुम्न सक्नेछ।
कन्या: अधुरो काम पूरा हुनेछ। उपकार गरेर अरुको मन जित्न सकिनेछ। धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ। प्रेम र मित्रताको बन्धन पनि कसिने बेला छ। विद्वान्हरूको साथमा घुलमिल हुने मौका मिल्नेछ।
तुला: चिताएको कामले तीव्रता लिनेछ। धार्मिक यात्राको योग छ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ। प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ।
वृश्चिक: रोजगारको अवसर मिल्नेछ। अतिथिको रूपमा सत्कार पाइएला। ससाना यात्राबाट राम्रो फल मिल्नेछ। प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ। विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ। प्रणयसम्बन्ध बढ्ने समय छ।
धनु: झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ। सवारी साधन प्रयोग गर्दा विशेष सावधानी अपनाउनु होला। चुनौतीको सामना पनि गर्नुपर्ला। साँझमा भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ।
मकर: विद्या र बुद्धिको विकास हुनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। धार्मिक यात्राले अनुहारमा चमकता आउनेछ। पुनर्मिलनको योग रहेको छ। प्रेम जीवन सबल र सफल हुनुका साथै दाम्पत्य जीवन सुखमय हुनेछ।
कुम्भ: वाक्चातुर्यले कार्य सिद्ध हुनेछ। दाजुभाइ र दिदीबहिनीहरूबाट समेत सहायता मिल्नेछ। नयाँनयाँ व्यक्तिहरूसित सम्पर्क हुनाले भाग्य बढ्ने छ, तर बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ।
मीन: अचल सम्पत्ति हात पर्न सक्छ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ। सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ।