रौतहटमा झुण्डिएको अवस्थामा महिलाको शव फेला, परिवारका सबै सदस्य फरार

रौतहट । रौतहटमा एक महिला झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्।

माधवनारायण नगरपालिका–४, बिशुनपुर्वा टोल बस्ने रूपेश राय यादवकी २० वर्षीय श्रीमती रुबिना यादव घरका सदस्यहरू खेतमा काममा गएकै अवस्थामा मङ्गलबार साँझ साढे ५ बजे सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेकी हुन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार झुण्डिएको अवस्था श्रीमान्‌ले देखेपछि स्थानीयको सहयोगमा पासो खोली हेर्दा मृत्यु भइसकेको अवस्था रहेको थियो।

प्रहरी घटनास्थलमा पुग्नुअगावै स्थानीयको सहयोगमा लास घरको प्यासेजमा राखिएको थियो। घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय गरुडाले अनुसन्धान गरिरहेको प्रवक्ता बस्यालले जानकारी दिए।

घटनापश्चात् परिवारका सबै सदस्य फरार रहेका र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

सम्बन्धित समाचार

सबै