
काठमाडौँ : नेकपा माओवादी केन्द्रले मधेसी राष्ट्रिय मुक्ति मोर्चाको इन्चार्जमा उपमहासचिव मातृका यादवलाई चयन गरेको छ।
माओवादी केन्द्रका महासचिव देव गुरुङले यादवलाई मोर्चाको फ्याक्सन इन्चार्जको जिम्मेवारी दिइएको भन्दै मातहतका कमिटीमा सर्कुलर पठाएका छन्।
गत फागुनमा यादवले पार्टीनिकट भारतको प्रवास कमिटीको इन्चार्ज पदको जिम्मेवारी अस्वीकार गरेका थिए। आफूलाई त्यसै पनि भारतनिकट भनेर प्रचारबाजी भइरहेको बेलामा फेरि भारतको इन्चार्जको जिम्मेवारी बहन गर्न नसक्ने जवाफ दिएका थिए।