सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित धुराबजारमा आगो लगाएर एकजना युवतीको हत्या भएको छ । पुस ६ मा साँझ आगो लगाएर ३२ वर्षीया सुशीला बम्जनको हत्या भएको हो ।
पेट्रोल छर्केर आगो लगाएर उनको हत्या गरेको अनुसन्धानबाट थाहा भएको सिन्धुलीका एसपी लालध्वज सुवेदीले बताए ।
हत्यामा संलग्न आरोपमा मृतककी नन्द ३५ वर्षीया मिना लामा बम्जन र ५९ वर्षीया सासु मायारानी बम्जनलाई प्रहरीले पक्राउ गरेको छ । मृतककी नन्द मिनाले आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी सुवेदीले जानकारी दिए ।
आगजनी हुँदा मृतकका ससुरा दुर्गामान बम्जन घाइते भएका छन् । उनलाई उपचारको लागी काठमाडौँ ल्याइएको छ ।