जनकपुरधामलाई वैवाहिक ‘हब’ बनाउने सरकारको घोषणा

जनकपुरधामः मधेश प्रदेशको राजधानी जनकपुरधामलाई सरकारले वैवाहिक हब बनाउने घोषणा गरेको छ।

आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत अर्थमन्त्री वर्षमान पुनले वैवाहिक डेस्टिनेशन निर्माणका लागि जनकपुरलाई वेडिङ हब बनाइने बताएका हुन्।

राजर्षि जनक, जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा हरेक मार्ग शुक्लपक्ष पञ्चमी तिथिमा रामजानकी विवाहपञ्चमी मेला लाग्छ।

आश्विन पूर्णिमाका दिन अयोध्याका नरेश महाराज दशरथ नन्दन राजकुमार श्रीरामचन्द्रले प्राचीन शिव धनुषलाई भाँचेको र त्यसपछि मार्ग शुक्ल पञ्चमी तिथिमा श्री रामजानकीको शुभविवाह भएको प्रसङ्ग प्राचीन ग्रन्थहरूमा पाइन्छ।

सम्बन्धित समाचार

सबै