बारामा धारिलो हतियार प्रहार गरी आमा-छोराको हत्या

बारा । बारा जिल्लामा एकै परिवारका आमा–छोराको हत्या भएको छ।

परवानीपुर गाउँपालिका–१ स्थित रहरियाडीमा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको धारिलो हतियार प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।

आज बिहान करिब ३ बजेतिर अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी आक्रमण गर्दा आमा र छोराको घटनास्थलमै मृत्यु भएको हो।

उक्त घटनामा परिवारकै ५० वर्षीय श्रीमान् जगरूप मण्डल र २२ वर्षीया छोरी रिना कुमारी गम्भीर घाइते भएका छन्। घाइते दुवैको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ।

हत्या कसले र किन गरेको भन्ने विषयमा हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै