हंसपुर नगरपालिकाका नगरप्रमुख प्रदीप कुमारको निधन

लालबन्दी । धनुषाको हंसपुर नगरपालिकाका नगरप्रमुख प्रदीपकुमार यादवको ५५ वर्षको उमेरमा निधन भएको छ ।

मेयर यादवको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको हो ।

गत शुक्रबार राति आफ्नै निवासमा रहँदा अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई तत्काल उपचारका लागि जनकपुरस्थित न्युरो अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि शनिबार बिहान हेलिकोप्टरमार्फत काठमाडौं लगिएको थियो।

२०७९ सालको स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए।

सम्बन्धित समाचार

सबै