गगनलाई अमरेशको खुला पत्र

बलरा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता एवं प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहले नेपाली कांग्रेसका सभापति गगन थापालाई खुलापत्र लेखेका छन् । आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत सिंहले थापालाई खुला पत्र लेखेका हुन्।

खुलापत्रमा सिंहले थापालाई भ्रष्टहरूद्वारा आयातित उम्मेदवार भएको आरोप लगाए । उनले लेखेका छन्,‘सबैभन्दा पहिला तपाईँलाई धन्यवाद दिन चाहन्छु कि तपाईँले सर्लाहीमा आएर चुनाव लड्नु भो। तपाईँ आफैँ आएको भए चुनाव रोचक हुने थियो । तर तपाईँ भ्रष्टहरूद्वारा आयातित उम्मेदवार हुनुभयो। त्यति मात्र हैन ती भ्रष्टहरुलाई नै म विरुद्ध मेरो निजी र पारिवारिक जीवनमाथि आफूखुसी टिप्पणी गर्न लगाउनुभयो ।’

राजनीति सिद्धान्त र एजेन्डामा हुनुपर्ने आफ्नो विश्वास रहेको उनले बताए। चुनावको तिता कुरा छोडेर देश निर्माणमा रास्वपा अघि बढेकाले आगामी दिनमा विभिन्न मुद्दामा सहकार्य हुनसक्ने बताए ।

भ्रष्टहरुलाई ठेगान लगाउने जनमत रास्वपाले पाएको बताउँदै सिंहले भने,‘तपाईँ(गगन थापा) ती भ्रष्टहरूको साथ छोडेर स्वच्छ राजनीति गर्नुहुन्छ भन्ने पूर्ण आशा गरेको छु। तपाईँले कांग्रेस परिवर्तन गर्न खोज्नु भयो, तर आफू परिवर्तन हुन सक्नुभएन। तपाईंको अगामी राजनीति सफा र स्वच्छ होस भनी कामना गर्दछु।’

गगन थापा सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा सिंहसँग पराजित भएका थिए।

सम्बन्धित समाचार

सबै