लालबन्दीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

लालबन्दी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१ बागवानीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार शनिबार साँझ करिब ८ बजे विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको लु.प्र.–०३–००१ ख. ०४३० नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको प्र.२–०३–०१५ प. ३३९६ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक पर्साको वीरगञ्ज महानगरपालिका – १ छप्कैया घर भई सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुर बस्ने अन्दाजी ३४ वर्षीय सुनिल महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

दुर्घटनामा गम्भीर घाईते भएका महतोलाई एम्बुलेन्समार्फत उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाईएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको हो।

दुर्घटनामा संलग्न बस र चालक दाङको तुलसीपुर नगरपालिका-९ का ३४ वर्षीय गणेश बस्नेतलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै