सार्वजनिक यातायातको बढ्यो भाडा, मलंगलवाबाट काठमाडौँ जान अब कति लाग्छ ?

गोडैता । सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागका अनुसार इन्धनको मूल्यमा ५ रुपैयाँ थपघट हुदाँ भाडा समायोजन गर्ने व्यवस्था अनुसार यो निर्णय गरिएको हो । बढेको भाडादर आजैबाट हुने विभागले जनाएको छ ।

साथै यात्रुबाहक सवारी साधनमा १६।७१ प्रतिशतले भाडा बढेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा २१।६८ प्रतिशतले बढेको छ । तराईको बाटोमा हुने सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा १५।७५ प्रतिशतले बढेको विभागले जनाएको छ ।

विभागका अनुसार पछिल्लो पटक २२ पुस २०८१ मा समायोजन भएको गाडी भाडा अहिले बढाइएको हो । सो बेला डिजेलको मूल्य १५०।८३ रुपैयाँ प्रतिलिटर थियो ।

विभागले २०८२ चैत २२ गते नै भाडा समायोजनका लागि आवश्यक फाइल मन्त्रालयमा पेश गरेको थियो । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालय ९मन्त्रीस्तर० को निर्णयबाट उक्त प्रस्तावलाई स्वीकृत गरेसँगै नयाँ भाडादर कार्यान्वयनमा आएको हो । जसअनुसार अब काठमाडौँदेखि मलंगवाको भाडा ११९३ रुपैयाँ पुगेको छ, यो साधारण भाडादर हो ।

त्यस्तै, यही रुटमा डिलक्समा १४३१ तथा सुपर डिलक्समा १७१८ रुपैयाँ पुगेको विभागले जनाएको छ । त्यसैगरी काठमाडौँदेखि बरहथवासम्मको न्यूनतम भाडा ११३५ पुगेको छ छ । यही रुटमा डिलक्समा १३६२ तथा सुपर डिलक्समा १६३४ रुपैयाँ भाडा पुर्‍याइएको छ ।

सम्बन्धित समाचार

सबै