काठमाडौा । नेपाल आयल निगम लिमिटेड ले डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाएको छ भने पेट्रोलको मूल्य यथावत् राखेको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य आज बिहान १२स्०१ बजेदेखि लागू भएको हो।
मूल्य समायोजनसँगै पहिलो, दोस्रो र तेस्रो वर्गअन्तर्गतका क्षेत्रमा डिजेलरमट्टितेलको मूल्य क्रमशः २३४ रुपैयाँ ५० पैसा, २३६ रुपैयाँ र २३७ रुपैयाँ कायम भएको निगमले जनाएको छ। त्यस्तै आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइरहेका कारण भारतीय आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन गर्नुपरेको हो। मूल्य समायोजनपछि पनि डिजेलमा अझै प्रतिलिटर करिब ११ रुपैयाँभन्दा बढी घाटा भइरहेको निगमले जनाएको छ।