बिहारबाट ६ नेपाली बालबालिकाको उद्धार, घर ल्याउने तयारी

लालबन्दी । भारतको बिहार राज्यबाट विभिन्न प्रलोभनमा परेर जोखिमपूर्ण अवस्थामा पुगेका ६ जना नेपाली बालबालिकालाई उद्धार गरिएको छ । नयाँ दिल्लीस्थित नेपाली दूतावास तथा सामाजिक संस्था ‘किन इन्डिया’ को पहलमा उनीहरूको उद्धार गरिएको हो ।

उद्धारपछि बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फिर्ता गराउने तयारी भइरहेको किन इन्डियाका कार्यकारी निर्देशक नविन जोशीले जानकारी दिए ।

उद्धार कार्यका लागि खटिएकाहरूले आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि बालबालिकालाई नेपाल ल्याइने बताए । उद्धार गरिएका बालबालिकामध्ये चारजना कोशी प्रदेशका छन् । उनीहरूलाई आवश्यक परामर्श तथा संरक्षण व्यवस्थापछि मोरङ लैजाने योजना छ ।

बालबालिका भारत पुग्नुको प्रकृति फरक फरक रहेको बताइएको छ । यसबारे थप विवरण आवश्यक परामर्श तथा अनुसन्धानपछि सार्वजनिक गरिने जनाइएको छ ।

सम्बन्धित समाचार

सबै