बागमती नगरपालिकाले दियो बुधबार सार्वजनिक बिदा

बागमती । सर्लाहीको बागमती नगरपालिकाले ऐतिहासिक इन्द्रजात्रा मेलाको अवसरमा आउँदो बुधबार स्थानीय बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै असोज १४ गते बुधबार पालिकाभर सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो ।

बागमती नगरपालिका-८ शंकरपुरस्थित सोल्टीबजारमा आयोजना गरिएको इन्द्रजात्रा मेलाका लागि उक्त बिदा दिइएको कार्यवाहक नगरप्रमुख कृष्णकुमार लामाले जानकारी दिए ।

यसअघि नै आयोजना गरिएको उक्त मेला प्रतिकूल मौसमका कारण स्थगित हुन पुगेको थियो । हाल पुनः सुरु भएको मेलाको समापनका दिन बुधबार नगरपालिकाभित्रका सम्पूर्ण कार्यालयहरू बन्द रहनेछन् ।

नगरपालिकाद्वारा जारी सूचना अनुसार बुधबार नगरपालिकाको कार्यालय, सम्पूर्ण वडा कार्यालयहरू, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयहरू बन्द रहनेछन् ।

सोल्टीबजारमा लाग्ने ऐतिहासिक इन्द्रजात्रा मेला आजदेखि औपचारिक रूपमा सुरु भइसकेको छ ।

सम्बन्धित समाचार

सबै