काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले अर्थमन्त्री स्वर्णिम वाग्लेको आलोचना गरेका छन् । प्रिबजेट छलफलको क्रममा अर्थमन्त्री उपस्थित नभएपछि उनले अर्थमन्त्रीको आलोचना गरेका हुन् ।
उनले परम्परा भत्काउँदैमा नभत्किने भन्दै अर्थमन्त्री आउनुपर्ने ठाउँमा पराष्ट्रमन्त्री आएर संसद चल्न नसक्ने बताए ।
उनले १/२ दिनको छलफलमा समेत आफैँ उपस्थित नभएको विषयको आलोचना गरेका हुन् ।
यसअघि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) उपस्थित नभएको भन्दै संसदमा आलोचना भएको हो ।
आज अर्थमन्त्री वाग्लेको ठाउँमा परराष्ट्रमन्त्री शिशिर खनाल रहेका छन् ।
उनले प्रिबजेटमा उल्लेखित विषयहरु उठाउँदै आफू सत्ताधारी सांसद भए पनि प्रिबजेट दस्तावेजको समर्थन गर्न नसक्ने समेत बताए ।