गोली प्रहारगरी दुई भारतीय लागुऔषध कारोबारी पक्राउ

सिरहा । सिरहा प्रहरीले गोली प्रहार गरी दुई जना भारतीय लागुऔषध कारोवारीलाई नियन्त्रणमा लिएको छ। प्रहरीको गोलीलागि एक जना लागुऔषध कारोबारी घाइते भएका छन्। उनीहरुले गरेको ढुङ्गामुडा लागेर एक जना प्रहरीसमेत घाइते भएको छ।

प्रहरीको गोलीलागि लागुऔषध कारोवारी भारत विहारको मधुवनी जिल्ला पौदमहा ग्रामपञ्चायत २ जोगियाका छोटु भन्ने रञ्जित कुमार पासवान गोलि गालेर घाइते भएको छ। प्रहरीले पासवा र अर्का १६ वर्षिय बालकलाई पनि नियन्त्रणमा लिएको छ। उनीहरुको साथबाट प्लाष्टिकसहित १०१ ग्राम ६ मिलग्राम प्रतिवन्धित लागु पदार्थ ब्राउनसुगरसमेत बरामद गरेको छ।

भारतीय सीमानजीक सिरहा नगरापालिका २१ लगडीगोठमा लागुऔषध कारोवार भईरहेको भन्ने जानकारी पाएपछि पुगेका प्रहरीमाथि उनीहरुले ढुङ्गामुडा गरेका थिए। चार–पाँच जनाको समूहमा रहेका उनीहरुले तीन चारजना मात्र प्रहरी देखेपछि ढुङ्गामुढा गरेको जिल्ला प्रहरी कार्यालय सिरहका प्रमुख एसपी एसपी वासुदेव पाठकले जानकारी दिए।

एसपी पाठकले भने, ‘प्रहरी थोरै देखेपछि उनीहरुले अट्याक गरे, प्रहरीले अवस्था नियन्त्रणमा लिन हवाई फाएर गरेपछि उनीहरु भाग्न खोजे। प्रहरीले नियन्त्रणमा लिन घुडामुनि गोली प्रहार गर्यो। गोली पासवानको पिडुलामा लागेको छ। उनको अहिले उपचार भईरहेको छ।
सोही क्रममा प्रहरी जवान हृदयनारायण ठाकुर घाईते भएका छन्। उनको पनि उपचार भईरहेको छ।

पासवानले नेपाली लागुऔषध कारोवारीहरुलाई सवैभन्दाधेरै ब्राउनसुगर सप्लाई गर्नेमध्येका रहेको जिकिर गरेको छ। उनले अहिलेसम्म नेपालमा १० देखि १२ केजी ब्राउनसुगर सप्लाई गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ।

पासवानलाई यस अघिदेखि नै प्रहरीले खोज तलास गर्दै आएको थियो।

सम्बन्धित समाचार

सबै