गोसाइँकुण्ड गएका सर्लाही बागमतीका युवक छ दिनदेखि सम्पर्कविहीन

हरिवन । सर्लाहीको बागमती नगरपालिका निवासी मनिल कायस्थ गोसाइँकुण्ड जाने क्रममा छ दिनदेखि सम्पर्कविहीन भएका छन्।

कायस्थ होटलबाट निस्किएको दृश्य होटल सनसाइन, विदुरको सीसीटीभीमा बिहान ८:५२ बजे कैद भएको छ। त्यसपछि उनको मोबाइलको एनटीसी नेटवर्क लोकेसन बिहान ९:२१ बजे नुवाकोटको टुप्चेमा देखिएको थियो।

त्यस्तै, एनसेल नेटवर्कअनुसार उनको अन्तिम लोकेसन बिहान ११:२९ बजे रसुवाको उत्तरगयामा देखिएको परिवारजनले बताएका छन्।

उनी गोसाइँकुण्ड ट्रेकिङका लागि त्यसतर्फ गएको बताइएको छ। तर त्यसपछि परिवार तथा आफन्तसँग सम्पर्क हुन नसकेको हो।

कायस्थको अवस्था अज्ञात रहेकाले परिवारले सम्बन्धित निकायसँग खोजी तथा उद्धारका लागि पहल गरिदिन आग्रह गरेका छन्।

सम्बन्धित समाचार

सबै