२०८३ साल भदौ २३ गते मंगलबारको राशिफल

मेष : सामान्य दिन छ । आज नयाँ कामको थालनी नगर्नु उपयुक्त हुनेछ । शिक्षा र स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ । दाजुभाइसँग सहकार्य गरेर काम गर्नुपर्ने देखिन्छ । राजनीतिक क्षेत्रमा भने घेराबन्दीमा पर्ने जोखिम छ।

वृष : दिन सामान्य छ । लगानी डुब्ने जोखिम छ। तपाईंको बोलीले व्यवहारमा समस्या हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । व्यापारमा घाटा हुनेछ । हरेक क्षेत्रमा मिहिनेत गर्नुपर्ने छ ।

मिथुन : दिन राम्रो छ । डुब्न लागेको धनप्राप्त हुनेछ । राजनीतिमा विपक्षीको साथ मिल्नेछ । नयाँ साथीसँगको भेटले मनमा उत्साह थपिने छ । स्वास्थयमा सुधार हुनेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ ।

कर्कट : दिन राम्रो छ । शिक्षामा प्रगति हुनेछ। जग्गाको कारोबारमा नाफा हुनेछ । स्वास्थ्यमा सुधार हुने योग छ । विदेशको रमझमले मन आकर्षित हुनेछ । लगानीबाट नाफा आर्जनको समय छ ।

सिंह : दिन राम्रो छ । तपाईंका काम सफल बन्नेछ । व्यापारमा फाइदा हुनेछ । शिक्षामा लगानीका लागि हिम्मत गर्नुपर्ने छ । परिवारलाई विश्वास गर्दा धोका हुनेछ । हरेक क्षेत्रमा मिहिनेत गर्नुपर्ने दिन छ ।

कन्या : शुभ दिन छ । आम्दानी बढ्नेछ । विश्वास गरेका पात्रबाट सहयोग हुनेछ । पारिवारिक मेलमिलाप हनेछ । राजनीतिक क्षेत्रमा तपाईंको पहुँच विस्तार हुनेछ । आर्थिक लाभ हुनेछ ।

तुला : दिन राम्रो छ । धन लाभ हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । दाजुभाइको साथले महत्त्वपूर्ण काम बन्नेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । राजनीतिक क्षेत्रमा विपक्षीको साथ मिल्नेछ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ ।

वृश्चिक : शुभ दिन छ । सोचेका काम बन्नेछ । साथीभाइसँगको भेटले नयाँ योजना बन्नेछ । रोगबाट मुक्त हुने योग छ । राजनीतिक क्षेत्रमा भने सचेत बन्नुपर्ने देखिन्छ । परिवारभित्र पीडा बढ्ने जोखिम छ ।

धनु : दिन राम्रो छ । मन प्रशन्न रहने छ । विदेश यात्राको बाटो खुल्नेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने छ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

मकर : दिन राम्रो छ । आम्दानी बढ्नेछ । ठुला व्यक्तिसँगको छलफलले मन प्रशन्न हुनेछ । राज्यको माथिल्लो निकायबाट साथ र सहयोग मिल्नेछ । स्वास्थ्यको ख्याल गर्नुपर्ने दिन छ ।

कुम्भ : दिन सामान्य छ । स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने छ । गुरुबाट असहयोग हुनेछ । मिहिनेतको फल प्राप्त भए पनि राजनीतिक क्षेत्रमा सक्रिय नहुनु राम्रो हुन्छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

मीन : दिन राम्रो छ । आम्दानी हुनेछ । शिक्षामा प्रगति हुनेछ। धार्मिक कार्यमा सहभागी हुँदा मन शान्त बन्नेछ । गुरुसँगको भेटले नयाँ योजना तर्जुमा हुनेछन् । यात्रामा कष्ट हुने भएकाले लामो दूरीको यात्रा नगर्नु उचित हुन्छ ।

सम्बन्धित समाचार

सबै