मेष : दिन राम्रो छ। स्वास्थ्य र शिक्षामा लाभ लिने दिन छ। कुनै परीक्षामा सहभागी भए नतिजा सकारात्मक मिल्नेछ। राजनीति र सामाजिक क्षेत्रका सेवाका अवसर प्राप्त हुनेछन्। मन प्रशन्न हुनेछ। खर्चभन्दा आम्दानी धेरै हुनेछ।
वृष : दिन सामान्य छ। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा भने समस्या आउन सक्छ। शत्रु बढ्नेछन्। राजनीतिक क्षेत्रमा संगठन बलियो हुनेछ। आफन्तबाट धोका हुनसक्छ। विदेशको भन्दा स्वदेशको लगानीमा केही शान्ति मिल्नेछ।
मिथुन : दिन राम्रो छ। पारिवारिक सम्बन्ध सुमधुर रहला। शिक्षा, स्वास्थ्यमा गरेको कार्यबाट लाभ मिल्नेछ। मन प्रशन्न रहनेछ। आम्दानी हुने दिन छ। सोचेकाे काम बन्दा मन शान्त बन्छ ।
कर्कट : शुभ दिन छ । बोलीका कारण काम बन्नेछ । बोली र व्यवहारमा एकरुपता कायम गर्नुहोला । स्वास्थ्यमा सुधार हुनेछ । पारिवारिक मेलमिलाप हुनेछ । आकस्मिक लाभ मिल्नाले मन खुसी हुनेछ ।
सिंह : आज गुम्न लागेको धन हात पर्नेछ । कतैबाट कामको लागि राम्रो अवसर प्राप्त हुनेछ । मन चन्चल हुने भएकाले बिहान उठेर पन्छीलाई दाना दिने वा पिपलको दर्शन गर्नु उपयुक्त हुनेछ। प्रियजनको साथ मिल्नेछ । आफ्नो निर्णय आफै गर्नुहोला।
कन्या : दिन सामान्य छ। आफ्नो अनुकुलताको लागि तपाईंको प्रयोग गर्ने धेरै छन्। कुरा काट्नेहरु बढ्नेछन्। आम्दानीका स्रोत भेटिनेछन्। मन खुसी हुनेछ। आज सचेत भएर अघि बढ्नुपर्ने दिन छ ।
तुला : दिन राम्रो छ। विदेशमा गरेको लगानीबाट हौसला मिल्नेछ। विपक्षी साथीले समेत तपाईंको प्रशंसा गर्नेछन्। मिष्ठान्न भोजन मिल्नेछ। स्वास्थ्य र शिक्षामा लाभ मिल्नेछ।
वृश्चिक : दिन राम्रो छ। सामाजिक क्षेत्रमा सहयोग गर्न पाउँदा मन खुसी हुनेछ। राजनीतिक क्षेत्रमा पहुँच बढ्नेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। काममा सावधानी अपनाउनुपर्नेछ। आफ्नो निर्णय आफै गरेर अघि बढ्दा फाइदा हुनेछ।
धनु : शुभ दिन छ। मानसम्मान प्राप्त हुने दिन छ । स्वास्थ्यमा लाभ हुनेछ। पठनपाठनमा रुची बढ्नेछ। सामाजिक क्षेत्रमा भने अप्ठ्यारा आइलाग्नेछ।
मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। अनावश्यक यात्रा हुनेछ। बन्धुसँगको सहकार्यमा गरेको व्यापारबाट फाइदा हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। परिवारको सल्लाह लिएर अघि बढ्नुहोला।
कुम्भ : दिन राम्रो छ। बोलीको प्रभावले काम बन्नेछन्। उपचारमा भए स्वास्थ्यमा सुधार आउँछ। पारिवारिक सम्बन्ध र राजनीतिक क्षेत्रमा केही राम्रा संकेत देखिनेछन्।
मीन :दिन सामान्य छ। शत्रु बढ्नेछन्। काममा अवरोध हुनेछ। दाम्पत्य जीवन सफल रहनेछ। स्वास्थ्य र शिक्षामा सास्ती खेप्नुपर्नेछ। एकल निर्णय नगर्नु उचित हुनेछ।