सर्लाहीमा आज कांग्रेसको पालिका अधिवेशन

लालबन्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज सर्लाहीमा पालिका अधिवेशन हुँदैछ। पार्टीको केन्द्रीय निर्णयअनुसार देशभर आज पालिका अधिवेशन आयोजना गरिएको हो।

नेपाली कांग्रेस सर्लाहीका सभापति सरोजकुमार यादव ‘राजु’का अनुसार जिल्लाका क्षेत्र नम्बर १, ३ र ४ अन्तर्गतका पालिकामा आजै अधिवेशन सम्पन्न हुनेछ। क्षेत्र नम्बर २ मा भने क्रियाशील सदस्यता विवाद कायमै रहेकाले आज पालिका अधिवेशन नहुने भएको छ।

सभापति यादवका अनुसार क्षेत्र नम्बर २ अन्तर्गतका पालिकामा सहमति जुटाउने प्रयास भइरहेको छ। उक्त क्षेत्रमा क्रियाशील सदस्यताको विवाद समाधान भएपछि अधिवेशनको प्रक्रिया अघि बढाइनेछ।

यसअघि दुई दिनअघि जिल्लाका अधिकांश स्थानीय तहका वडामा वडा अधिवेशन सम्पन्न भएको थियो। तर क्षेत्र नम्बर २ अन्तर्गतका पाँचवटा पालिकामा भने वडा अधिवेशनसमेत बाँकी रहेको कांग्रेस सर्लाहीले जनाएको छ।

सम्बन्धित समाचार

सबै