सर्लाहीमा भाले हात्ती मृत अवस्थामा फेला

बागमती । सर्लाहीको बागमती नगरपालिका–४ स्थित ब्रम्हस्थान सामुदायिक वन नजिकै एउटा भाले हात्ती मृत अवस्थामा फेला परेको छ ।

स्थानीय परबल बारीमा हात्ती मृत भेटिएको बागमती नगरपालिकाका कार्यवाहक मेयर कृष्ण लामाले जानकारी दिए । गएराति उक्त क्षेत्रमा हात्ती देखिएकोमा आज बिहान मृत अवस्थामा फेला परेपछि स्थानीयले वन कार्यालयलाई खबर गरेका थिए ।

हात्ती मरेको सूचना प्राप्त हुनासाथ सव-डिभिजन वन कार्यालयबाट वनकर्मीको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको सर्लाहीका डिभिजन वन प्रमुख विनोद सिंहले बताए ।

अहिले घटनास्थलमा वन कार्यालयको टोली पुगेर घटनाको अनुसन्धान सुरु गर्ने तयारी भइरहेको छ । हात्तीको मृत्युको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।

सम्बन्धित समाचार

सबै