सर्लाहीमा नहरमा डुबेर एक बालकको मृत्यु

हरिवन : सर्लाहीमा आज दिउँसो नहरमा डुुबेर एक बालकको ज्यान गएको छ।

जिल्लाको हरिवन नगरपालिका-५ बस्ने जनिफ मन्सुरका अन्दाजी १६ वर्षीय छोरा सहमदको नहरमा डुुबेर ज्यान गएको ईलाका प्रहरी कार्यालय हरिवनले जानकारी दिएको छ।

अत्यधिक गर्मी भएपछि आज दिउँसो गाउँका साथीसँगै घर नजिकै रहेको बागमती सिँचाई आयोजनाको नहरमा नुुहाउन गएका बालकलाई मृत अवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय भएर बाहिर निकालेका थिए।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको र घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै